Showing posts with label सुजाता निरौला. Show all posts
Showing posts with label सुजाता निरौला. Show all posts

Tuesday, 12 May 2020

रजस्वला rajaswala

रजस्वला
जब म पिडाले फत्र्याक फत्र्याक हुन्छु
मेरो शरीरमा रगतको कमिले
ढलेकी मलाई उठ्ने हिम्मत आउदैन
आमा दैनिक कामले मलाई
पानी दिने फुर्सदमा कहिले हुनुहुन्न
म त्यही भुइमा मलाई एउटा
कोठामा थुनिएको अपराधी झै
त्यै लडछु, त्यै रुन्छु रगतको भेल मा
रगतात्मय भएर डुब्छु
तर अह
मेरो बा बारबार कोठामा आएर चिहाउछन
देख्छु, अनि केहि नबोली
चुपचाप त्या बाट जान्छन
किनकी यो समाजले ४ दिन आफ्नै मुटुको टुक्रालाइ नछुने नियम बनाइदेको छ
र अनि मेरो दाजु
मेरो पीडा देखेर हरेक बार नरो भन्दै
पल्ला कोठाबाट आवाज निकाल्छ
मेरो भोको पेट भर्न खाजा ल्याएर दिने
हिम्मत उसमा आउदैन किनकी
त्यो समाजले उसलाई मेरो कोठाको ढोका ४ दिन नाग्न प्रतिबन्ध लगाएको छ
धिक्कार छ आफुलाइ एउटा दाजु हु
भनेर
आफ्नो कर्तबय पालन गर्न नसकेकोमा
र
अनि भाइ
महिनाभरी दिदिले पकाएको खान हुने
अनि यो चार दिन मैले दिदिलाइ पकाएर पकाएर दिन नहुने
भन्दै मैले नदेख्नेगरी तपतप आँसु झार्छ
तर मेरो भोको र प्यासले छट्पटीएको
पेट भर्दिन उसलाई उसलाई
हिम्मत आउदैन
किनकी सङै एउटै ओछ्यान मा सुत्ने दिदिलाइ
यो समाझले छुन समेत प्रतिबन्ध लगाइदिएको छ
महिनावारी नारिको प्रकृतिले बनाएको नियम हो
यसमा चारदिन सबै परिवारबाट
हेला हैन माया र सम्मान पाउनुपर्छ
त्यसैले "
"महिनाभरिमा छोरी देबि हुन भने महिनावारीमा नि छोरी देबि हुन ।।
#जय नारी
जय देश ।।।❤️❤️❤️❤️

निर्मला nirmala



निर्मला
तिम्रा लागि थाकेका शब्द आज फेरि कोर्न मनलाग्यो
निर्मला
तिम्रा लागि न्यायको भिख मागेर थाकेका आटहरुलाइ आज फेरि जुर्मुराउन मनलाग्यो ।
अनि निर्मला
मरेका आसहरुका अलिकति टुसा पलाउछन कहिलेकाही र फेरि सर्लक सुकेर जान्छन
किनकि निर्मला
मेरो देशको कानुनले तिम्रो लागि न्यायको आस सारा नेपालिको पलाको फैलन नपाइ
तेजाब छरिदिएको छ ।
र निर्मला तिम्रो बलात्कार पछि हत्या भयो
अनि हामी नारी
पछाडी एकहुल केटा हिडे भने पनि सुस्त रुपले चलेका पाइला छिटोछिटो सार्न थालेका छौ
त्यो हुल सहि होला तर मनमा चिसो पस्छ र झवाट तिमिलाइ सम्झन थालेका छौ
अनि निर्मला
साराका तिम्रा लागि शब्द , माइतीघर मण्डला थुप्रै ठाउमा "justice for nirmala भनेर बर्सौ जुर्मुराएका आसहरु
निरासामा परिबर्तन हुन थालेका छन
निर्मला किनकि
चुनावमा भोट माग्दा खुट्टा ढोग्ने नेताहरू
सारा तिम्रा लागि बोल्दा मसानघाटमा मरेर लडाएको लास जस्तै लमतन्न भै मस्त
निधाइरहेका छन ।।
माफ गर निर्मला
तिमिलाइ न्याय दिन सकिएन
किनकि
यहाँ पैसामा कानुन किनबेच हुन्छ
तर पनि निर्मला
तिम्रा लागि शब्द कोर्न छोडिन्न
मरिसकेका आसाहरुलाइ बिउताउदै
अदालतको ढोका ढक्ढकाउन पनि छोडिन्न ।।
#justice_for_nirmala ❤️❤️
✍️✍️✍️Suzata Niroula

Sunday, 10 May 2020

सम्बन्धको मैझारो 'Sambanda ko Maijharo'

मङ्सिर महिनामा हसियाले स्वाट स्वाट काटेको धान
जस्तै
आज मलाई तिम्रा शब्दले त्यसरिनै काटेको छ
बर्खामा रोपेको मायाको खेती
एकोहोरो मलजल ले कहिले सप्रेन
म मलजल गरिरहे बारबार गरिरहे
ह्वात्तै आएर तिमिले मेरा मेहनत र भावनाका फुल्नै फैलिनै आटेका बिरुवामा मेटासिट छरेर गयौ
आज प्रश्न दुनियाको ठडिन्छ के चल्दै छ तेरो सम्बन्ध ?
बाली बिग्रेको किसान जस्तो चुपचाप छु म
यादहरुको खडेरी लाग्दा


ती तिता शब्दहरूको
ती आवाज हरुले मनमा

असफल प्रेम 'Unsuccess Love'

पृय तिमि❤️❤️❤️
तिम्रा अनि मेरा हरेक हरेक पाइलामा खाएका कसमहरु
अनि जिन्दगीका मोडमा हरेक स्थितिमा साथ दिने भनेर थामिएका हाम्रा हातहरु❤️
मौन तरिकाले सुस्तरी अरु संगै बादिएका छन अरे

अनि सुनन
मैले बोल्ने हरेक शब्दहरू र मेरा लागि समर्पित भएका ती प्यार भरिएका शब्दहरु आज अरु कसैलाई समर्पित हुन थालेका छन रे । 
असफल प्रेम ❤️

तर पृय तिमी

जन्मदिन 'Birthday'

Happy Birthday my Girl 😍😍
भनेर तिमिले मध्यरातमा आमापछी दोस्रो wish गरेको त्यो दिन मलाई जन्मदिनको ठुलो महत्त्व थियो
अनि ती शब्दमा मात्रै तिमिले
म तिमिलाइ सानू मेरो जिन्दगी उपहार दिन्छु भनेर भनेको दिन
Vanilla Cake With Vanilla Buttercream | Liv for Cake


मलाई उपहारहरुको निकै महत्व थियो
अनि
उमेरलेकत 20 सौ बसन्त नागेको थियो
तिम्रा cake जस्तो मिठो माया पाएर मलाई त्यो cake को महत्त्व थियो

Sunday, 3 May 2020

अभाव Aabhav

अभाव Aabhav
उस्का अभावले आज तिमी छट्पटीयौ
तिम्रा अभावले म हिजो छट्पटीए
उस्का यादमा आज तिमी रोयौ
तिम्रा यादमा हिजो म रोएथे
उ त गैसककेकी छे तिमिलाइ लत्याएर
आज तिमी झिनो आस बोकेर
उ आउने बाटो कुरिरहेछौ
हिजो म तिमि आउने बाटो कुरिरहेकी थिए
तिमिले बिश्वास गर्दागर्दै आज उस्ले
तिम्रो बिश्वासलाई लतारदिदा
तिमि आफ्नो भग्यलाइ दोस दिदै छौ
जस्तै तिमिले हिजो मेरो बिश्वास लतार्दा
मैले दोस दिएकी थिए ।।
प्रेमको यात्रामा
तिमि सङको त्यो मीठो सफर
त्यो प्रेमिल यात्रा कत्ती खेर छुट्यो पत्तै पाइन्न
त्यसतै नि
उ सङ्को यात्रा छुटिएको तिमिले पत्तै पाएनछौ नि
थाहा छ नि मलाई
तिमिलाइ पिडा भएको
तिम्रो मन बर्खाको बाढी जस्तै
उर्लिएको
पिडाले उथलपुथल भएको
आफै प्रती आफैलाइ आत्नगलानी भएको❤️❤️
तिम्रा शब्दहरू म प्रती मौन छन
तिम्रा भावनाहरुले मलाई सधैब पछाडी धकेल्छन
तर सुनन
म तिम्रो नजिक हैन
तिमिलाइ टाढै बाट नियाल्छु
तिम्रो छट्पटी
तिम्रो बैच्नी
कसैको प्रतीक्षा को लामो सुस्केरा
तिम्रो पिडा
तर तिमिलाइ नजिक भएर सोध्न आइपुग्दिन
किनकि मलाई एकदम राम्रो थाहा छ
तिमिले घृणा गर्ने लिस्टको पहिलो list मा
म पर्छु भनेर्❤️❤️❤️❤️❤️

सम्बन्धको धरहरा 'Sambanda ko Dharahara'


स्वार्थको कम्पनले
अनयासै ढलिदिदा
आसा अनि सपनाहरू किचेर ध्वस्त भएछ नि ।।
माया को नाममा उस्ले पैसा र सम्पति माग्न थालेपछि
उसका इच्छा चाहाना पुर्याउन परदेश लागेपछि

फर्किदा उस्को सिउदो अर्कैले रङ्गाएछ नि ।
मिठा मुस्कान सहित सुरु भएका सम्बन्ध हरु
साथ भुल्न यादहरु भुल्न रक्सीको सहारा लिन थालेछन नि ।।
सामाजिक संन्ज्यालले जोडेका आजकलका सम्बन्धहरु
भेटभएका भोलिपल्ट तोडिन थालेछन नि ❤️❤️
धोका त आजकल सारै सस्तो भएछ
कसैलाई घाट अनि कसैलाई भट्टी जाने साधन भएछ नि ।।
खै आजकल माया अनि पिरती त साच्चै
महोदय ❤️❤️
खेलमैदानको खेल अनि रङ्गमन्चको नाटक भएछ नि ।।❤️❤️

मेरो देश नेपाल

 मेरो देश नेपाल ।
त्यो चादी झै सेतो हिमाल
उच्च परेको त्यो पहाड
ठुलो अनि समथल त्यो तराई
अहा मेरो नेपाल ।।
पुर्ब मेची देखि पछ्छिम महाकाली
कहिले घुमेर नअघाइने अहा मेरो देश नेपाल ।
सिताले जन्मलिएकी भृकुटी यहि जन्मेकी
बुद्धले जन्मलिएको अहा मेरो देश नेपाल
संसारमा उच्च परेको सेतो चादिझै टल्किने सगरमाथा
जनकपुर मनकामना पाथिभरा देबिदेवता भरिपूर्ण
अहा मेरो देश नेपाल ।
पाउदिन थिए होला नेपाली हु भनी सान लडाउन
वीर पू्र्खाले लडाइँ गरि बचाएको मेरो देश नेपाल
जाउ जुनै ठाउँमा तर देशको माया अपार छ
बिदेशी सस्कृती भन्दा मलाई मेरो देश प्यारो छ ।।
तेत्तीस कोटि देवताले बास गरेको
कयौं जात धर्म भएको अहा मेरो देश नेपाल ।

प्रेम प्रस्ताव propose


कबिता
प्रेम प्रस्ताव ..
हो म तिमिलाइ बेहद प्यार गर्छु , तर अह प्रेम गर्छु भनेर भन्न सक्दिन
तिमिले परिवर्तन गरेको मन आदि जस्तै फर्किएर आउला भन्ने झिनो आसाको त्यान्द्रो बोकेर हिड्छु तर अह म अझै तिमिलाइ बेहद प्यार गर्छु भनेर भन्न सक्दिन ।।
तिमिलाइ भुल्न सयौं सङ कुरा बात गर्छु तर तिम्रा शब्दमा जस्तो मिठास अरुमा पाउदिन ।।
एउटा सानु कोठामा तिम्रा यादहरु बटुलेर बस्ने गर्छु
अनि तिम्रा ती झ्याप्पै परेका दारी सहित अलिकति फटिएको दात त्यो सुन्दर तस्बिरले मलाई बारबार नियाल्छ ।।
ती अतितले कहिलेकाही मुटु पोलेर आँखा बाट अनयासै बर्सा हुन्छ ।।
हाम्रो पहिलो डेट साथै अन्तिम भेट 
।
Happy Propose Day 2020: Wishes, Messages, Quotes, Images, Facebook ...
तिमिलाइ त केहि असर पारेन सम्बन्धको बिछोडले
किनकि म तिम्रो चहानामा कहिले परिन ।
तर मलाई

Thursday, 30 April 2020

ब्राह्मण Brahmin

ब्राह्मण Brahmin
बाहुन ।।
हो उ बाहुन हो
सेतो चन्द्न घसेर बस्छ
पहेँलो पिताम्बर बेरेर बस्छ
अनि थरिथरिका माला लगाएर बस्छ
एउटा हाम्रो परम्परा जोगाउन धर्म जोगाउन
साच्चै उ कसैको घरमा
गएर ब्यासमा बसेर
सर्बस्स्वो ज्ञान हामिलाइ दिन्छ ।
हाम्रो जन्म सङ सङ सङै एउटा हामिलाइ
चिनारी दिन्छ ।
त्यो बाहुन हो



जो हामी मर्न घिटघिट हुदा बैतर्णी मन्त्र पढेर
केहि दिन हामिलाइ जिवित राख्छ

माया 'Love'

त्यो अनकन्टार कोठामा
पिलिक्क बलेको मोबाइल
अनि त्यो मोबाइलमा
बर्सौ दिन देखिको पुरानो तिम्रो फोटो
सुस्तरी सुस्तरी फेसबुकमा लम्किएको
मेरो हात अनि
केहि जना पछाडिको ग्रुप message लेखेको
सरर्क पारेर सार्छु अनि नअगाउनेज तिम्रा अनि मेरा सङ्गै जिन्दगी काट्ने भनेर बर्स अगाडि खाएका ती झुठा कसमहरु म भुल गर्छु तिमि माफ गरिदेउ है भनेर भन्दा
Husss भन्दै मायाको आभास दिदै पठाएको message खोल्छु
अनि निकैबेर ती message नियाल्छु
पुरा कल्पनामा डुब्छु
आखाबाट बरर आसुका धारा कतिखेर बग्छ कुन्नि म पत्तै पाउन्न
त्यो निन्द्राले ब्याकुल भएको आँखा
आजकल कयौ रात भो अनिधो भएको
तिम्रो प्रतीक्षामा बिना कारण केहि बहाना पार्दै हिड्ने बाटो
कयौं दिन भयो उराठ लाग्दो भएको
अनि तिम्रो मन्द मुस्कान झै सजिएको फोटो हेर्दै , कहिले रुदै कहिले हास्दै
बन्द कोठामा सुस्त आवाजमा
कयौं दिन भयो त्यसि रि मेरा कयौ दिन बितेको ।
म बाट टाढा भयौ तिमी
बाहिर सबैलाई भन्दै हिड्छु
त्यो बिना खुसी छु म भन्दै
तर पृय
अरुको सिउदो भर्नु अगि यमराजलाइ डाकिदेउ
नत्र सहन नसकेर त्यै मुर्छा पर्छु म ।।

Wednesday, 29 April 2020

मागी बिवाह Arranged marrige



मागी बिवाह Arranged marrige
मङ्सिरको महिना लहलह थानका झुलेका बाला र बाली थन्काउने बेला अनि बेच्लर अन्तिम बर्ष सकेर बसेकी म धान कुन्यो लगाएर भर्खरै बसेकी थे पल्लो घर बाट काका आएर भन्न लागे हाम्री सानी नि ठुली भै अब बिहे गर्नु पर्छ दाजु , आफ्नै गाउमा Becholar सकेर master पढ्न काठमाडौ जाने ठुलो सपना मेरो अनि त्यो 9 डाडा पारिमा हजारौं सपनाहरु बुनेर मेरा लागि खुसी दिन भनेर परदेश गएका मेरा प्रेमी , अनि पहिलो पल्ट घरमा बिहेको प्रस्ताव केटो सरकारी जागिरे रे मज्जाले पाल्छ हाम्रो सानिलाइ अब बेच्लर सकिहाली बिहे गरेर नि छोरी मान्छेले केही लोपार्ने हैन भनेर त्यो शब्द भुइँमा खस्न साथ आङ जिरिङ्ग भयो घरमा पढाउने स्थिति कम नै थियो , 22 बर्ष पुगी 23 लागेकी थे सानी लु भोलि केटा हेर्न आउछन यत्ती कुरा भनेर काका घर तिर लागे, सानी के छ बिचार भनेर बा ले भनेपछि केहि नबोली म आफ्ना कोठामा पसे र उसलाई फोन गरे अनि भने घरमा बिहेको कुरा हुदै छ छिटो आउ, गको दुई बर्ष भएको छैन म कसरी आउनु भन्दै भन्यो हुन पनि हो अब के गरुम कसो गरुम भए बेलुका को खाना खाएर मनमा कुरा खेलाउदै अब घरमा boyfriend छ भन्ने आट आएनकेहि बेर रोए र कत्ति खेर मनमा अनेकौं कुरा खेलाउदै कत्ति खेर निदाएछु पत्तै पाइन 😍😍😍
बिहान अध्यारो अनुहार ,अनि भारी मन सहित मेरो दिनको सुरुवात भयो । अनि कोठाबाट आमा कराउँदै भन्न थाल्नुभयो, सानी केटा माग्न आउने कुरा छ त्यो कुर्था लाएर बस्नु नि हस बाहेक केहि शब्द आएन , कसैलाई धोका दिदैछु कसैको जीवन उजाड पारेर सिउदो रङ्गाउदै छु । मनमा कताकता भतभत पोलेको छ छोरी बा को इज्जत, आमाको प्रतिश्ठा, र कुल को समाजको इज्जत जोगाउनु पर्ने जात , खाना खाएर आमा बा खेत ,दाइ office ,अनि भाइ स्कुल कुटुम्ब आउने कुरा छ घर बसेस नि भन्दै आमा जानू भो खेत , आफ्ना कोठामा पस्छु अनि उसको फोटो हेरेर रुन्छु कहिले फुइफुइ गर्दै यताउता गर्छु ।
सानी ए सानि बाहिर बाट काका कराउन लाग्नु भयो हजुर भन्दै निस्किए काका, काकी ,केटाका बा ,आमा अनि केटो 💑नमस्कार भन्दै हात जोडेर बस्न आग्रह गरे
सानि आमा बा खै काका बोल्नु भयो ?
खेत जानू भा छ ,
भन्दै चिया पकाउन भित्र छिरे अब मनमा ढ्याङ्रो बजो हात काम्यो, खुट्टा लगलग काम्यो, टोलाउन थालिछु क्यारे चिया उम्लेको पत्तै पाइन । झसङ्ग भए अनि चिया लिएर बाहिर गए, बा आमा नि आउनु भएछ चिया देर भित्र पसे अनि मन खिन्न भो बिहेको कुरा लगभग fix भयो अनि दुईजनालाइ कुरा गर्न भित्र पठाउनुभयो ।
उ=कुन faculty बाट पास गर्या ?
म: commerce .
Fb id देउ न है, अस्मिता रेग्मी भनेर भने मन आतियो सपना सारा डडेलो लाग्यो , धोखेबाज भए म अब 12 गतेको फुलमाला टुंगो गरेर उनिहरु हिडे अब मन आतियो राती फोन गरेर boyfriend लाई भने मेरो बिहे fixed भो sorry है , छोरी मान्छे इज्जत कुल नानाथरी भन्दै कसैको प्रेम लतारेर सिउदो भर्न बाध्य भए । अब म
message गरेपछि उताबाट बदाइ शब्द गरेर ब्लक गर्यो । उसले मलाई रोए , हारे अब जिन्दगी बाट म अनि फोन गरेर भन्यो छोरी मान्छेको जिन्दगी यस्तै हो, केहि बोलिन
म ।
त्यसैले, कसैको बाध्यता पनि हुन सक्छ, बा आमाको कुरा काट्न नसकेर जबर्जस्ती वैवाहित सम्बन्धमा बाधिएको हुन सकिन्छ त्यसैले कसैलाई धोखेबाज नामको उपाधी नदिउ ।।

अब जिन्दगीले अर्कै मोड लियो ,मेरो हिजोका दिन सम्म single भएको facebook को relationship status आज अगि हेर्दा in a relationship with मनिस नेपाल , मन झसङ्ग भो अनि फोन गरेर साथिलाइ सुनाए ओए मेरो त बिहे fix भो । 12 गते engagement छ आइज है । congrats dear भनी फोन राखी माग्न आका दिन देखि भोक निन्द्रा केहि थिएन बदाइको बाढी , आयो शुभकामनाका पहिरो उर्ले, तर मनमा फिटिक्कै खुसिको उत्साह भने थिएन। किनकि मेरो चाहाना नबुझी बिहे fixed गरिएको थियोे , धिक्कार थे आफुलाइ, मोबाइल भरी केहि अगाडि भरिएका कसैका तस्बिर आज अरु कसैकाले भरिएका थिए, अब मङ्सिर 12 engagement सारी लगाइदिए म त्यसै एकोहोरिन थालेछु , कसैले घच्घचाउथे अनि समालिन्थे " beby यी हातमा मलाई औँठी कहिले लगाइदिने भनेर बाचा गरेको आज अर्कैले सुम्पाइदिएपछी, लगाइ , मन चिसो भयो । भरे बेलुका facebook खोले engaged देखे म संगैको फोटो उसको प्रोफाइल रङ्गियो, बिहे 26 गतेको fixed भयो , अब प्रेमिल सम्बोधन अरु कसैमा समर्पित भए। बिहेका लागि किनमेल हुन्छ मन उराठ लाग्छ boyfriend को नम्बर delete गरे मन नलागी , अनुहार अध्यारो हुन्छ तर , कसैले यो बैचनी मन बुझ्ने प्रयास गरेन। यस्को बिहेमा यस्तो हुन्छु !यो गर्छु भन्छन मलाई ती दिन कहिले नआओस लाग्छ मलाई , कोहि अपरिचित जिन्दगी बिताउनु छ केहि गर्न नजानौला कसैले सिकाइनदेला कि नसिकाइदेला भन्ने अथाह पिर मलाई लाग्न थाल्यो । अब त म रोएर पनि केहि हुनेवाला छैन किनकि फुलमाला नै भैसक्यो मेरो , congratss अस्मिता भनेर boyfriend को फोन आयो रोए , उ पनि रोयो अनि भन्यो उ सङ खुसी भएर बस्नु है ती शब्दले झन मलाई कताकता घोच्यो facebook खोल्छु बिहे भा छैन भाउजू, माइजू भनेर सम्बोधनका बाढी उर्लिन थाले 
घरमा अर्कै सङ प्रेममा छु भनौकी भन्ने आट कस्छु फेरि सक्दिन , किनकी जन्माएर हुर्काएर ठूलो पार्ने बाबा आमाको सपना दुई दिनको माया अङ्लानु नि ठिक हैन ।रहरले कसैको घरमा भित्रिने अनि केहि सफर समस्या shere गर्ने सपना आज बाध्यताको आगोले डडेलो लगायो । 😍😍 ती रातहरु
मलाई अति छोटा लाग्न थाले त्यसरी नै रुदै, कसैलाई धोका दिएर कसैको घर आगन मैले सजाउनै पर्छ भन्ने नयाँ सपनाका धर्साहरु सङ्गाल्दै बैचनिहुदै ढल्केकी म कती खेर निदाइछु पत्तै पाइन ।।


दिन बित्तै गयो रेग्मी पछाडि नेपाल थपिने दिन आयो बिहेको अगिल्लो दिन घरमा नाचगान हुदै छ मनमा खडेरी लागेको छ , मन आत्तिएको छ आफन्त सबै मेरो बिदाइमा आउनुभा छ, हातभरी मेहन्दी भए नि मन एकदम फिक्का छ मेरो , मन रापिएको छ तर बाहिर फिस्स हासो छरेकी छु त्यो दिन बित्यो मङ्सिर 26 बिहे बिहान उठे अब बेहुली बनाउने रे मलाई तर मन पिटिक्कै खुसी छैन , त्यो रातो सारिको रङ एकदम फिक्का देखे मैले अब सजिएको घर मेरो लागि उराठ देखे, एकछिनमा बाजागाजा सहित जन्ती आए जन्ती पर्सेर ल्याए सबैकर्म गरेर , गोडा धुन तयार सधै मिलेर मायाका साथ जीवन बिताउनु भनेर आशिर्वादका बर्षिए, एकदम मन आतिएको छ मेरो अब त पोते लाउने बेला भो पण्डितको त्यो आवाजले मेरो मन भकानियो रुन ,सकिन म हुनेवाला पति घरीघरी मेरो अनुहार हेर्छन म नजरमा नजर जुधाउन सकेकी छैन किनकि यो मेरो बाध्यताको सम्बन्ध थियो , उता सपन " boyfriend " मातेर लडेको अवस्थामा छ रे कतारमा यस्ले यता बिहे गरिछे भनेर अलिअलि कस्ले भनेछ, साथिले भने अब मन उता बैचन भैसकेको छ ,बिहेको कर्म यता गर्छन टोलिएर कसैले घचघचाउनु पर्ने स्थिति मा परेकी छु म मलाई आकाश कालो लाग्छ जिन्दगी उराठ लाग्छ अब त यो बन्दन बाट मलाई कसैले छुटाउन सक्दैन भन्दै बसे सिन्दुर हाल्ने भो , कपडा ले बाधिएको दर्हो लगनगाठो मनको एकदम कम्जोर थियो , कन्यादान दिने बेला भो हातमा हात मिलाएर सबैले मलाई उसको बनाइदिनु भो एकदम रोए किनकि अब मेरो केहि उपाय थिएन एउटा उसको भए भनेर नामको मात्रै सम्बन्ध थियो किनकि मेरो निर्णय बिनाको सम्बन्ध थियो सिंदुर हाल्ने बेलाको आवाजले त्यै ढलुम्ला जस्तो feel भो मलाई किनकि म अर्कैको हुदैछु आफू हुर्केको घर आगन छोडेर अरु कोहि अपरिचित को घर समाल्दै छु अनि कसैलाई आँसु र रक्सीको कक्टेलको भेलमा डुबाउदै, म आफ्नो जिन्दगी नयाँ तरिकाले जीउँदै छु तीन फेरो घुमेर सिंदुर लगाइ मलाई आफ्नो बनाए मेरो लागि त्यो सिंदुर एउटा रङ मात्रै थियोे त्यो पोते बन्दनको एउटा सामान मात्रै थियो रुवाउदै मलाई मेरो चाहाना नबुझी एउटा बेग्लै तरिकाले बिदा गरियो, नयाँ घर नया थर नयाँ मान्छे अनि अब जित भन्दा बढी हारले जोडिएको पबित्र वैवाहित सम्बन्ध अङालेर त्यो घरको बुहारीको रुपमा म भित्रीए त्यसै गरि मन नलागी नलागी फेसबुकको नाम अस्मिता रेग्मी नेपाल थपिदै जिन्दगीका गाथा अगाडि बढ्दै झ्याप्प बत्ती निब्छ।।

ए हजुर बिहान चाडो उठाइदिनु है भनेर भने त्यो साथ! त्यो कहालिलाग्दो रात कटाउन मलाई एकदम गाह्रो भो एउटा बाघको गुफामा परेको बिरालोको हालत थियो भोलि बिहान अस्मि अस्मि उठ भन्दै श्रीमानले उठाए नक्कली निन्द्राको नाटकबाट ब्युझिदै उठे, अनि नुहाए नया बुहारी मेलोमेसो केही पाउन्न थे म उठेको चालपाएर सासू आमा पनि उठ्नु भएछ बिहेको भोलि पल्ट उता पटिका पाहुना निकै जना हुनुन्थियो मन त पटक्कै खुसी थिएन त्यो घरमा सजिन महिनौ लाग्यो मलाई आमा, बाबा दादा भाइ माइतपट्टी बाट निकै जना आउनुभा थियो मुहारमा मुस्कान छरियो सम्धी भेट गरेर फर्किनु भयो त्यतिकै रात पर्यो period भयो एकदम गाह्रो भयो मलाई तर श्रीमानलाइ भन्ने हिम्मत जुटाइन मैले किनकि मेरो लागि अपरिचित थियो त्यो मान्छे कोल्टे फेर्छु निन्द्रा आउदैन तल्लो पेट कटकट खाएको छ नयाँ बुहारी kitchen पसेकी छैन ,अनि सपन सङ भको भए मेरो यो पीडा पनि खोल्थे म भन्दै रुन थाले निकैबेर पछि रोको आवाज श्रीमानले थापाएछन के भो अस्मि निन्द्रा लागेन हैन केहि भा छैन सन्चो छैन हो , हैन ठिकै छु भनेर टाढे त्यो नामले मात्रै बाधिएको सम्बन्ध मा उ प्रती मलाई कुनै प्यार थिएन, अब period को कुरा सुनाउन कसैलाई हिम्मत आएन आमालाई माइतमा फोन गरेर भने अनि सासुलाइ फोन गरेर आमाले भन्नू भएछ, कास सपन भा भए मलाई पानी तताएर दिन्थियो होला भन्ने हिम्मत आउथियो होला अनि मेरो पीडा सङसङै उ पनि रुन्थियो होला , नया प् जीवन अङ्गालेर मायाका नया बिरुवाहरु हुर्काउदै नया जिन्दगी सुरुवात गर्दै जिबन नबिन तरिकाले सम्बन्ध सुरुवात भो ।। यता भुपु मायाको यादले मलाई सताउथियो समय बित्दै गयो एता म पढ्थे थिए, अनि अब यतै नया जीवन बिताउदै पनि थिए बिस्तारै मनका कुरा खोल्न थाले , किनकी आफ्नै अब सम्झिनु छ, तर कुनै दिन सपन सङको सम्बन्ध उतारिन मैले केहि दिन अगाडी सपस सङ बोलेको थिए म चिन्ता नलेउ अस्मि भन्थियो , अनि एक दिन सुसानले फोन गरेर भन्यो सपन त झुण्डेर मर्यो रे यता खबर सुने म छ महिनाको गर्बबती थिए , उता सपनको लास पर्सि आउँछ है अस्मि भन्यो , 2 दिनपछि लास आइपुगेको खबर मलाई आयो , म रुन थाले रुदारुदै ढलिछु मलाई hospital पुर्याउनु भयो ।।ए हजुर बिहान चाडो उठाइदिनु है भनेर भने त्यो साथ! त्यो कहालिलाग्दो रात कटाउन मलाई एकदम गाह्रो भो एउटा बाघको गुफामा परेको बिरालोको हालत थियो भोलि बिहान अस्मि अस्मि उठ भन्दै श्रीमानले उठाए नक्कली निन्द्राको नाटकबाट ब्युझिदै उठे, अनि नुहाए नया बुहारी मेलोमेसो केही पाउन्न थे म उठेको चालपाएर सासू आमा पनि उठ्नु भएछ बिहेको भोलि पल्ट उता पटिका पाहुना निकै जना हुनुन्थियो मन त पटक्कै खुसी थिएन त्यो घरमा सजिन महिनौ लाग्यो मलाई आमा, बाबा दादा भाइ माइतपट्टी बाट निकै जना आउनुभा थियो मुहारमा मुस्कान छरियो सम्धी भेट गरेर फर्किनु भयो त्यतिकै रात पर्यो period भयो एकदम गाह्रो भयो मलाई तर श्रीमानलाइ भन्ने हिम्मत जुटाइन मैले किनकि मेरो लागि अपरिचित थियो त्यो मान्छे कोल्टे फेर्छु निन्द्रा आउदैन तल्लो पेट कटकट खाएको छ नयाँ बुहारी kitchen पसेकी छैन ,अनि सपन सङ भको भए मेरो यो पीडा पनि खोल्थे म भन्दै रुन थाले निकैबेर पछि रोको आवाज श्रीमानले थापाएछन के भो अस्मि निन्द्रा लागेन हैन केहि भा छैन सन्चो छैन हो , हैन ठिकै छु भनेर टाढे त्यो नामले मात्रै बाधिएको सम्बन्ध मा उ प्रती मलाई कुनै प्यार थिएन, अब period को कुरा सुनाउन कसैलाई हिम्मत आएन आमालाई माइतमा फोन गरेर भने अनि सासुलाइ फोन गरेर आमाले भन्नू भएछ, कास सपन भा भए मलाई पानी तताएर दिन्थियो होला भन्ने हिम्मत आउथियो होला अनि मेरो पीडा सङसङै उ पनि रुन्थियो होला , नया प् जीवन अङ्गालेर मायाका नया बिरुवाहरु हुर्काउदै नया जिन्दगी सुरुवात गर्दै जिबन नबिन तरिकाले सम्बन्ध सुरुवात भो ।। यता भुपु मायाको यादले मलाई सताउथियो समय बित्दै गयो एता म पढ्थे थिए, अनि अब यतै नया जीवन बिताउदै पनि थिए बिस्तारै मनका कुरा खोल्न थाले , किनकी आफ्नै अब सम्झिनु छ, तर कुनै दिन सपन सङको सम्बन्ध उतारिन मैले केहि दिन अगाडी सपस सङ बोलेको थिए म चिन्ता नलेउ अस्मि भन्थियो , अनि एक दिन सुसानले फोन गरेर भन्यो सपन त झुण्डेर मर्यो रे यता खबर सुने म छ महिनाको गर्बबती थिए , उता सपनको 

लास पर्सि आउँछ है अस्मि भन्यो , 2 दिनपछि लास आइपुगेको खबर मलाई आयो , म रुन थाले रुदारुदै ढलिछु मलाई hospital पुर्याउनु भयो ।।

हस्पिटल बाट फर्केर म माइत गए मे सपनको अन्तिम पल्ट अनुहार हेर्न बिगत सम्झे निकै बेर रोए अनि फेरि समालिए त्यो मुर्दा सरि लडाइएको लासले मलाई नै हेरेको थियो , अनि मलाई बोलाइरहेको थियो, सपनको हातमा हात मिलाएर मैले मेरो शिरमा राख्दै भने माफ गर सपन तिम्रो यो हाल बनाउनु मेरो गल्ती भो । बास्तमा गल्ती नि थियो जुन प्रेमको कहानी भन्न नसक्नु गर्बबती अवस्था सपनलाइ अन्तिम दहासस्कारको लागि खोला लगियो , अनि अन्तिम दहास्कार गरेर , सपनलाइ सबैले सधाका लागि बिदा गरे त्यो स्कुलको अन्तिम bench मा कोरेको सपन र अस्मिताको नाम अझौ अमर छन , अनि velentine Day र

विश्व युद्ध worldwar



विश्व युद्ध worldwar
पृय 😍😍
फर्केर आउछु या आउन्न म
केहि दिन मात्रै छ तिमी सुत्केरी हुन
पृय तिमिले उसलाई संसार देखाउली
मैले त्यति खेरै संसार छोडौला
तिमिले मलाई बाबा बन्ने त अधिकार दियौ
तर मैले यो सन्तानको अनुहार हेर्न पाउला कि नपाउला
पृय तिमी
म फर्केर आए भने आइहाले
आइन भने
नानी बाबाको सपना पूरा गर भनेर सैनिक मा कहिले नभिडाउनु

देशको चिन्ता बोकेर तिम्रा माया अङ्गालेर , मेरो सपना

Tuesday, 28 April 2020

गुरु Teacher

गुरु
नानी त ठुलो हुनु है भनेर मलाई कहिले आशीर्वाद नदिनु
किनकि गुरु
म ठुलो भए भने भोलि हजुर सङ जंकाभेट  भो भने  पनि  म अन्तै पाइला मोड्न सक्छु
त्यसैले गुरु
बरु मलाई त ज्ञानि हुनु आग्याकारी हुनु भनेर आशीर्वाद दिनु
तर अह
त ठुलो हुनु भनेर आशीर्वाद कहिले नदिनु
 तपाईंका मेहनतका कारणले मैले प्रगति गरौंला
तर  बाटै अगाडि देखे भने मैले मुन्टो पक्कै बङाउछु
त्यसैले प्रिय् गुरु


ए नानी त सस्कारी हो भनेर आशीर्वाद दिनु

तर गुरु

निर्मला Nirmala

 निर्मला  Nirmala
साथिको मा जान्छु है आमा
भनी हिडेकी निर्मला
फेरि आमा भनेर बोलाउन आईनन
लुगा छुदा नि निर्मला को याद आउँछ रे
साइकल छुदा नि निर्मला को याद आउँछ रे
आमा को मन त हो नि
सुत्ने बिछ्याउना छुदा नि निर्मला को याद नै आउँछ रे
आज त बर्सौ दिन भयो
निर्मला को बलात्कार भएको
मेरो देशको कानुन ले
काजकिरिया गर्ने पैसा दियो तर न्याय दिएन
एउटि आमाको काख रितिएको नि
बर्सौ दिन ठ्याक्कै भयो
सुन्छु
त्यो रगतले लतपतिएको त्यो च्यात्तिएको सुरुवाल
समाउदै निर्मलाकि आमादिनरात आँसु
झार्छिनरे किनकि
त्या आफ्नु सन्तान को रगतको टाटो मात्रै
बाकी न रहेको छ
अब त न्याय को आस नगर जन्ता 




किनकि

आत्महत्या 'Suicide'

Dear साथी
ओए म Relationship मा छु यार मलाई उस्ले एकदम माया गर्छे भनेर तैले सुनाएको दिन मलाई एकदम खुसी लागेको थियो ।
सुन न बादर्नी आज त म Dating पो जान लागेको छु त भनेर उसलाई भेट्नु अगाडि त्यो चिटिक्क परेको कालो paint र सेतो सर्टमा आएर मलाई अङकमाल गर्दै त बाटो लाग्दै पर पुगेर मलाई आखाले देखुनजेल ग हेर्दै मुस्कुराउदै गरेको त्यो दिन मलाई एकदम खुसिको दिन थियो ।।
ओए घोप्टे कति घरमै थेचिन्छेस यार आइज न खाजा खान जुम भनेर तैले मलाई तेरा प्रेम कथा प्रेम कहानी सुनाउथिस साच्चै मलाई ती दिन सारै अबिस्मर्णिय छन ।।
अनि पृय साथी


हेर न म सङ पैसा छैन म धनी बाउको छोरा हैन मैले त्यसलाई कसरी खुसी राखौला र भन्दै मेरो उस्ले धन हेर्दिन मन हेरेर माया गरेकी हो भन्दै आत्माबिश्वास बढाउदै सुनाएका कुराहरुले तेरो ओठमा हासो भरिएको त्यो पल एकदमै मीठो थियो ।।
अनि त्यो एकदिन 
पृय साथि त हतारिदै रुदै हेर र उसलाई त अस्ट्रेलियाको केटा धनी केटा माग्न आएछ उसले त मलाई छोडेर त्यै केटा सङ बिहे गर्छे रे भन्दै मेरो हातमा तेरो शिर राखेर त रोको अनि त सङ सङै तेरो पीडा सहन नसकेर सङै म पनि रोएकी थिए ।।।
त सङ सङै भएर रुने मेरो अन्तिम भेट अन्तिम कुराकानी दिन त्यै थियो सायद ।।
भोलि पल्ट तेरो डोरिमा झुन्डिएको शरीर देखेर म त्यै ढले

एउटि केटिको मायामा पागल भएर उसले दिएको धोकाको पीडा सहन नसकेर तैले पासो लगाइस।


आफुलाइ मात्रै सम्झेर आमालाई जिउँदै मारिस 
बाले बुनेका तेरा लागि हजारौं सपनाहरू चितामा सङै 
जलाउन बाध्य बनाइस ।
तेरो काचो उमेरको निर्णयले उच्च शिक्षा हासिल गरेको टोपिलाउने समयमा त मुस्कुराएको फोटामा माला लगाइदिन बाध्य बनाइस ।।।
आज पनि बाटामा कालो paint र सेतो shirt लाएको तेरो जस्तै हाउभाउ भएको मान्छे देखे भने म बोलाउन पुग्छु 
अनि हामी बसेर खाने होटेलहरु देखे भने पनि म एकोहोरिन्छु
र तलाइ अन्तिम दहासस्कार गरेको घाटमा कतै हिन्दा आँखा पर्यो भने पनि तेरो त्यो एकैछिनमा जलेर खरानी भएको देह सम्झेर हरेक बार आँसु झार्छु ।।
suside is not solution छि कसैले धोका दियो भनेर मर्नु रे त्यो motivation सबैलाई दिदै हिढथिस । तर आज आफ्नै problem लाई suside solution बनाएर गैस ।।
आत्महत्या लाई कुनै समस्या को समधान नबनाउ ।।



Suside is not a solution
#say_no_to_suside

valentine day

सानू ❤️
थाहा छ तिमिलाइ
तिमिले propose गरेको दिन न propose day थियो ।
तिमिले जिन्दगीभर साथ दिन्छु भनेर कसम खाएको दिन न promise Day थियो ।
अनि सानू
त्यो पहिलो डेट अनि अन्तिम भेट याद छ तिमिलाइ
त्यो दिन मेरा अँजुली ले तिम्रा अजुलिभरी थमाएका चक्लेट खाएका दिन न त चक्लेट डे थियो ।
अनि तिमि सङ भेटेर तिमिलाइ अङ्गाल्दै म खुसी भएको दिन न huge day थियो ।

Monday, 27 April 2020

छाउगोठ अनि रजस्वला

छाउगोठ अनि रजस्वला
जब रजस्वला हुने महिना दिन नजिकिन्छ
अनि उनका केहि दिन अगाडि देखि निन्द्रा हराइदिन्छ
भोक हराइदिन्छ प्यास हराइदिन्छ ।
सायद बर्खा को झरी होस या हिउद हो जाडो...
हरेक चार दिन उसले छाउ गोठमा सुत्नुपर्छ
त्यो अनकन्टार कोठामा आइ कहिले सर्पले डसिदिन्छ
अनि कहिले त्यो बर्खाको बाढिले कुन खोलामा गै मिसाइदिन्छ पत्तो हुदैन
परिक्षा का दिन नजिकिन्छन उसका महिनौ भैदिने रजस्वला अनि छाउ गोठका ती महिनाका चार दिनको
बसाइले उसको भबिस्य अन्धकार तर्फ लम्किदिन्छ ।।
बिध्यालयमा गएर पढ्छिन उनी , महिनावारीमा परिवारको माया चाहिन्छ हेर बिचार चाहिन्छ भनेर
अनि फेरि घुमिफिरी अर्को महिना रजस्वला भैदिदा
फेरि छाउ गोठ पस्छिन उनि

story first date last meetकथा पहिलो डेटकोमानौ अन्तिम भेटको

पृय तिमी
त्यो साउन महिनाको बाढी छलेर तिम्रो सामु आइपुगेको त्यो दिन
तिम्रो त्यो प्रतीक्षा अनि बुर्कुसी मार्दै तिम्रो अङ्गगालोमा बाधिएको त्यो दिन
अनि तिम्रा हातभरी चक्लेट थमाइदिदा थोरै टुत्रा मलाई दिदै माया बढेको त्यो दिन ।
केही पीडाले थकित भै अनुहार कालो हुँदा मेरो
...
तिम्रो छाती आराम गर्ने बिछ्यौना बनेको त्यो दिन ।
महिनौ म आउने समय तिम्ले कुर्दै गर्दा
अनयासै टुंगो लाग्दा तिमी खुसी भएको त्यो दिन थोरै तिम्लाइ सताउदै तिम्रा हातमा हात थाम्दै
यात्रा गरेको त्यो दिन ।।
याद गरेउ या गरेनौ छुट्टिन लाग्दा अर्को भेटको समय सोध्दै बिदा भै छुटिएको त्यो दिन ।।
आजपनी ती खाजा खाका ठाउले हाम्लाइ पर्खन्छ रे
त्यो बसेको पार्कले हामिलाइ बोलाउछन रे
ती हातसमाएर हिडेका अनि थकाइ मारेका त्यो सुन्दर ठाउले
हाम्रो जोडि पर्खन्छ रे ।
पहिलो भेट अनि अन्तिम भेट सायद त्यै रहेछ हाम्रो
ती क्षणले अझै मुटु छुन्छ मेरो ।।
❤️❤️❤️
#कथा पहिलो डेटको
#मानौ अन्तिम भेटको

corona virusकोरोना भाइरस

कविता
कोरोना भाइरस
जसरी बाटामा फोहोरको थुप्रो थुप्रे जस्तै आज लासका थुप्रा थुप्रेको देख्दा गलानी महसुस हुदो रैछ ।।
अरु बेला खुल्ला आकाशमा उड्न रमाउने चराहरुलाइ पिजडामा थुन्दा कराएको आज lockdown ले त्यो आफुमा प्रत्यक्ष दर्साउदा खेरी सबैलाई खुल्ला आवश्यक
पर्छ भन्ने महसुस हुदो रैछ ।।
...
If you Like this Article, Please do share with your Friends too.