निर्मला  Nirmala 
साथिको मा जान्छु है आमा 
 भनी  हिडेकी निर्मला 
 फेरि आमा भनेर बोलाउन आईनन 
  लुगा छुदा नि निर्मला को याद आउँछ रे 
 साइकल छुदा नि निर्मला को याद आउँछ रे 
 आमा को मन  त हो नि 
 सुत्ने बिछ्याउना छुदा नि निर्मला को याद नै आउँछ रे 
 आज त बर्सौ दिन भयो 
 निर्मला को बलात्कार भएको 
  मेरो देशको कानुन  ले 
 काजकिरिया गर्ने पैसा दियो तर न्याय दिएन 
 एउटि आमाको काख रितिएको नि 
 बर्सौ दिन ठ्याक्कै भयो 
 सुन्छु 
 त्यो रगतले लतपतिएको त्यो च्यात्तिएको सुरुवाल
 समाउदै निर्मलाकि आमादिनरात आँसु 
 झार्छिनरे  किनकि 
 त्या आफ्नु सन्तान को रगतको टाटो मात्रै 
 बाकी न रहेको छ 
 अब त न्याय को आस नगर जन्ता 
 किनकि 
 मेरो देश त आर्यघाटमा राखेको लास जसरी 
 मस्त सुतेको छ 
 अरे यार 
 अब न्यायको भिक कति माग्छौ 
 मन्त्री जि ले भन्दै थिए 
 "निर्मला को जस्तो हत्या त यहाँ कति भएको छ"
  किन माग्छौ न्याय 
 यहाँ 
 त 
  मेरो देशका नेता कात्रो बेरेको लास जत्तिकै छन 
 किनभने कसैका लागि बोल्दैनन
  साबधान नारी हो¡ 
 बचेर हिड्ने गर 
 भोलि कसैबाट लुटियौ भने हामिले पनि 
 न्याय पाउने छैनौ 
 किनकी आर्यघाट मा कात्रो बेरेर हामिलाइ न्याय दिलाउने नेता भनौदाहरु पैसाको बिट्टो 
 ओछ्याएर मस्त निदाइरहेछन ।।
 #justice_for_nirmala .
