Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Saturday, 6 June 2020

दर्शन के हो, दर्शन कहाँबाट जन्मिन्छ ?

१) दर्शनको परिभाषा - दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो, प्रकृति र मानव समाजको भित्री आँखा हो। यही आँखाले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ। मार्क्सका शव्दमा हरेक सच्चा दर्शन आफ्नो समयको वौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो।
Philosophy (literally "love of wisdom") is the study of general and fundamental questions about existence, knowledge, values, reason, mind, and language.
२. दर्शनको उत्पत्ति - ग्रीक भाषाको Philos र Sophia (प्रेम र विवेक) बाट अंग्रेजीमा Philosophy हुँदे दर्शन शव्दको उत्पत्ति भएको देखिन्छ।

Wednesday, 6 November 2019

किसुनजी, गिरिजा र मदन भण्डारीका असलीरुप


रेवतीरमण खनाल नेपालको राजनैतिक प्रशासनिक तथा कानुनी क्षेत्रका एक कुशल व्यक्तित्व हुनुहुन्छ । उहाँले निक्कै  लामो समयसम्म दरवारसंग जोडिएर देशको सेवा गर्नुभयो । राजदरबारका पुर्व सचिव भएर काम गर्दाका समयमा धेरै तत्कालिन राजनैतिक नेताहरुसंग काम गरेको अनुभवहरु उहाँसंग छ । यस बीचमा कतिपय राजनीतिक घटनाक्रमको आरोह अवरोहहरुमा उहाँ साक्षीका रुपमा रहि अनुभूति र अभिव्यक्ति आत्मकथा नामक पुस्तक मार्फत धेरै कुरा बाहिर ल्याउनु भएको छ । तसर्थ यो पुस्तक इतिहास जान्न चाहने हरेक नेपालीहरुका लागी संग्रहनिय हुनेछ । नेपालको कानुनी इतिहासको रुपरेखा कृतिका लागि कानुन विषयमा मदन पुरस्कार २०५९ सालमा प्राप्त गर्नुभएको थियो ।
अनुभूति र अभिव्यक्ति पुस्तकमा धेरै नेपाली राजनितिज्ञहरु संगको घटनाहरु उल्लेख गर्नुभएको छ । यहाँ केवल तीन राजनैतिक हस्तीहरुको बारेमा एक एक घटना प्रस्तुत गर्न चाहन्छु । पृष्ठ २०२ देखि २२२

If you Like this Article, Please do share with your Friends too.