Sunday, 7 June 2020

विन्स्टन चर्चिलका १६ स्मरणीय भनाइहरू- Winston Churchill

Winston Churchill Quotes


१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।

२. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

सरकारद्वारा कोरोना महामारीका वेला बालबालिकाहरुका लागी उपयोगी सिकाई सामग्री


उपयोगी सिकाई सामग्री उपलब्ध हुने वेब ठेगाना सम्बन्धी सूचना ।

COVID-19 बाट उत्पन्त्न विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्त्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्त्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र Education Cluster द्वारा वालवालिकाको निमित्त उपयोगि ठानी सिफारिस गरिएका सामग्रीहरु देहाय अनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइन्त्छ । उक्त सामग्रीहरुको समुचित उपयोग गरी अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाईलाई सहजीकरण गर्ने

कस्ता हुन्छन् विषालु च्याउ ? विषालु च्याउबाट बच्ने उत्तम उपायहरू यस्ता छन जान्रुहाेस ।


च्याउ एक प्रकारकाे तरकारी हाे । याे फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।याे एक सुक्ष्म जीवाणुले बनेकाे हुन्छ । याे माटाेमा उम्रने धागाे जस्ताे ढुसी हाे। यसलाइ अँग्रेजीमा फङ्गस भनिन्छ। च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न। यसकाे धागाे जस्ताे आकारकाे अवस्थालाइ माइसेलिएम भनिन्छ । यही धागाे जस्ताे ढुसीबाट च्याउ आकारकाे ठुलाे फ्रुटिङ बडी निस्कन्छ । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न ।
वैज्ञानिक वर्गीकरण
जगत:  ढुसी
भाग:   बासिडियोमाइकोटा
वर्ग: एगरिकोमाइसेटस
गण: अगरिकालेस


विशेषता
च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।
च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक

कृषिको समाजवादी रुपान्तरण : एक समीक्षा

‘कृषिको समाजवादी रुपान्तरण’ नामक पुस्तक केही समय अगाडि सार्वजनिक भएको छ । नेपालको संविधानले नै अबको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भूमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम संविधान विपरीत हुन सक्दैनन् । त्यसैले साना किसानमैत्री पर्यावरणीय कृषि, खाद्यसम्प्रभुता प्राप्ति र किसानको समृद्धि भन्ने नारालाई आत्मसात गर्दै कृषि विकासको समाजवादी रुपान्तरणमा सहयोग पुराउने अभिप्रायका साथ युवा किसान नेता प्रमेश पोखरेलको यो पुस्तक बजारमा आएको देखिन्छ ।

नेपाल मात्र नभई धेरै देशमा अहिले कृषि क्षेत्र र साना किसानले विभिन्न चुनौतीको सामना गर्दैछन् । यसको प्रमुख कारण पुँजीवादी व्यवस्था र यसको मुनाफामुखी चरित्र नै हो । बहुराष्ट्रिय निगम, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय वित्तीय संस्था लगायतका पुँजीवादका विविध प्रभावका कारण कृषि क्षेत्र तहसनहस बन्दैछ । स्रोत र साधनको अतिक्रमण, निजीकरण र विनास, किसानको विस्थापन तथा कृषिमा रसायन र विषादीको प्रकोप केही उदाहरण हुन् । नेपालमा पनि यसको छरपष्ट प्रभाव देखिइरहेको छ । साना किसानको बाहुल्यता भएको नेपालमा साना किसानमैत्री पर्यावरणीय कृषि तथा खाद्य सम्प्रभुताको दिशामा अघि बढ्नुपर्नेमा वुर्जुवा शिक्षा, सांस्कृतिक प्रभुत्ववाद तथा आधुनिकताको प्रभावमा गलत नीति तथा कार्यक्रमबाट प्रभावित हुँदा हामी आज अधोगतितर्फ लागेका छौं । अझ विना कुनै वर्ग विष्लेषण तथा परिस्थितिको बुझाइ आयातित आधुनिकता, हरित क्रान्ति, औद्योगीकरण र

फिटकीरीका फाइदाहरु

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ।

फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ।
 -  मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५-२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।
-  दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ।
 - म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ। तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०-१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस्। हप्तामा २-३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ।
-  जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो। फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ।
 - फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस्। शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ।
- फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ।
 - चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ। मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ।
 - टन्सिनको समस्या छ भने फिटकिरी पानीले गारगर गर्दा छिटो सन्चो हुन्छ।
 - काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस्। रगत बन्द हुन्छ। साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो।

मैले देखेको दरबार: पूर्व सैन्य सचिव विवेक शाह द्वारा लेखिएको Pdf

पूर्वसैनिक सचिव विवेक शाहद्वारा लेखिएको संस्मरणात्मक संगालो 'मैले देखेको दरबार' अहिले चर्चामा छ । उहाँले लेख्नुभएको मैले देखेको दरवार तलको फोटोमा क्लिक गरी डाउनलोड गरेर पढ्न सक्नुहुन्छ ।

Download PDF Book डाउनलोड

If you Like this Article, Please do share with your Friends too.