रेवतीरमण खनाल नेपालको राजनैतिक प्रशासनिक तथा कानुनी क्षेत्रका एक कुशल व्यक्तित्व हुनुहुन्छ । उहाँले निक्कै लामो समयसम्म दरवारसंग जोडिएर देशको सेवा गर्नुभयो । राजदरबारका पुर्व सचिव भएर काम गर्दाका समयमा धेरै तत्कालिन राजनैतिक नेताहरुसंग काम गरेको अनुभवहरु उहाँसंग छ । यस बीचमा कतिपय राजनीतिक घटनाक्रमको आरोह अवरोहहरुमा उहाँ साक्षीका रुपमा रहि अनुभूति र अभिव्यक्ति आत्मकथा नामक पुस्तक मार्फत धेरै कुरा बाहिर ल्याउनु भएको छ । तसर्थ यो पुस्तक इतिहास जान्न चाहने हरेक नेपालीहरुका लागी संग्रहनिय हुनेछ । नेपालको कानुनी इतिहासको रुपरेखा कृतिका लागि कानुन विषयमा मदन पुरस्कार २०५९ सालमा प्राप्त गर्नुभएको थियो ।
अनुभूति र अभिव्यक्ति पुस्तकमा धेरै नेपाली राजनितिज्ञहरु संगको घटनाहरु उल्लेख गर्नुभएको छ । यहाँ केवल तीन राजनैतिक हस्तीहरुको बारेमा एक एक घटना प्रस्तुत गर्न चाहन्छु । पृष्ठ २०२ देखि २२२





