Sunday, 23 July 2023

धर्म कलह होइन, जीवन जिउने कला हो ।

यहाँका आदिबासीहरु मुर्तिपूजक र देवीपूजक थिए । त्यसै क्रममा धेरैजसो सिन्धु, खास्मिर हुँदै आएकाहरुले नेपाल आसपासकै भुमीमा १००-३००-५००-१००० वर्ष र समयको अन्य कालखण्डमा खोज अनुसन्धान गर्दै विभिन्न वेद ग्रन्थहरुको सृजना गरे। जसमा कुनै भगवानको ब्याख्या भन्दा पनि प्रकृति संग सामन्जस्य पुर्ण ढङ्गले जीवन अघि बढाउन सुर्य पुजा, वायु पुजा, अग्नि पुजा, भूमी पुजा लगायत हवन जस्तो वातावरण संरक्षणमा मद्दत पुग्ने विभिन्न विधी पद्धति, स्वास्थ जीवनका लागि आयुर्वेद लगायत दिगो विकासमा सहायता पुग्ने विभिन्न आर्थिक र अन्य व्यवहारिक कुराको खोज ज्ञान आदिको आविष्कार एवं लिपिबद्ध संग्रह गर्न पुगे ।

त्यही जातीका मानिसले विभिन्न प्राकृतिक प्रकोप सहदै आउँदा सिन्धु सभ्यतामा असर पर्न गएका कारण प्रकृतिलाई पहिलो प्राथमिक दिएर खोज एवं अनुसंधानमा आफ्नो लामो समय विताए । सोही जाती काश्मिर एवं नेपालका पश्चिमी भागमा बसोबास गर्दै पुर्व तर्फ प्रस्थान हुँदै पश्चिमका सिन्जाली सभ्यता संग घुल्दै, यहाँको अझ पुरानो सभ्यता किराँती सभ्यताका केही अनुसरण गदै आए जस्तै मुर्ति पुजा, बली प्रथा आदि । 

तर आज तिनै किराँतहरु आफ्नो धर्म संस्कृति भुलेर हिन्दु भन्ने शब्दमा अल्झिएर फिरङीहरुको इसारामा नाचिरहेको देख्दा उदेक लाग्छ । तिनै किराँतहरु यलम्बर र महागुरु फाल्गुनन्द  बिर्सिएर अरुलाई अङाल्दै छन । जुन दु:खद साथै केहि हास्यास्पद र भोलि समयले उनीहरुलाई पछुतोको विषय पनि बन्न सक्छ । (साथीहरुलाई काले राईको वेदमा के छ ?  भन्ने पुस्तक अध्ययन गर्न अनुरोध गरे । )

थप पुष्ठिका लागि DNA परिक्षण बाट पत्ता लागेको प्रमाण नेपालका आदिबासीले मानेका क्रीस्चियन र तिनै आदिवासीले विरोध गर्ने गरेका ब्राह्मण छेत्रीय जातीहरुको हेप्लोग्रूप R1A मिल्न जान्छ (Haplogroup R1a (Y-DNA) अर्थात युरोपेली र नेपाली ब्राह्मण-छेत्रीयहरुको DNA मिल्छ अर्थात दुबै एक्कै स्थल बाट आएका हुन । Link https://www.eupedia.com/europe/Haplogroup_R1a_Y-DNA.shtml

Religion is the Art of Living

अर्को Jesus आफैं पनि लामो समय हराउदा बुद्धको चेला बनेर बुद्धका ज्ञान प्राप्त गर्न यही एसिया, तिब्बती भागमा थिए भन्ने विभिन्न प्रमाण भेटिएका छन । जहाँ बुद्ध जन्मिएर ज्ञानको ज्योति बाल्न सफल भएका थिए । आज बुद्धिजम लाई विज्ञानले पनि भविष्यको धर्म भनेर ओकालत गर्नेगर्छ ।

BBC Documentary अनुसार यही भुमी (धेरै जसो हालको काश्मिरको भागमा जिससले पनि लामो समय विभिन्न गुरुहरु संग विताएर गएको भनेर पश्चिमी अनुसन्धानकर्ताहरुले पनि धारणा दिसकेका छ्न । यो कुरा Bible मा जिससको जीवनीमा पनि उनी लामो समय हराएर फेरि आएका भनिएको छ (The Lost Years of Jesus) जस्तै- बुद्ध पनि लामो समय गृह त्यागी भएर हिडेका थिए ।  Source: Jesus In India (BBC Documentary)-https://youtu.be/Z-TOu_AITSI

Jesus in India, Tibet and Persia - An Account Missing from the Bible: Link: https://youtu.be/TEvomvO8cb0 Jesus was a Buddhist Monk BBC Documentary: https://youtu.be/l5rn5ZL9eWQ

खैर धर्मको विषयमा यस्ता अनेकन धारणाहरु बन्न सक्छन जुन सत्य र असत्य जे पनि हुन सक्छ त्यसैले मेरो विचारमा  "धर्म कलह होइनबल्की जीवन जिउने कला हो ।" Its a Art of Living । जसलाई जसरी जिउन मनपर्छ उसले त्यसरी जिउन सक्छ । तर मुख्य कुरा हामी कुनै रास्ट्रको परिधानमा बसिसकेपछी त्यहाँको राष्ट्रधर्म भने अवस्य हुन्छ । लामो समय देखि चल्दै आएको असल अभ्यास एवं संस्कृति प्रति विदेसीको ईसारामा  प्रहार गर्न सुहाउन्न । खराब कुरितीहरु वेदले सृजना गरेका होइनन् । ति त समाज बन्ने क्रममा सृजित हुँदै आएका हुन । चाहे ती आदिबासी भनिएका बाट हुन वा बसाईसराई भएर आएका बाट हुन !! त्यो मुख्य कुरा भएन, त्यो त्यसबेलाको समाजको कुरा हो ।

अन्यथा दक्षिण भारत र अन्य भारतका भुमीका धेरै हिन्दु भनिएकाहरु (द्रबिड सहित) साकाहारी छन तर नेपालका ब्राह्मणहरु किन मांसाहार भए भन्ने कसैले आज सम्म किन प्रश्न आफैंलाई गर्न सकेन ?  खास कारण नेपाल भुमिमा जस्तो संस्कृति थियो, जस्तो चिसो हावापानी थियो उनीहरु त्यस्तै हुन पुगे । त्यसमा उनीहरुले पाप गरेका होइन जीवन निर्वाह गर्न अपनाएका हुन, यहाँको आदिबासीको संस्कृतिको प्रभाव र केही डार्बिनको सिद्धान्त अनुसार हुनपुगेको हो । 

तसर्थ यो संसारको निर्माण र विभिन्न जाती संस्कृतिको निर्माण त्यति सहजै भएको होइन । तसर्थ सहजै त्यसलाई त्याग्न वा बदल्न भन्दा पनि गहिराइमा पुगेर बुझेर मात्र त्याग, बदल । अन्यथा गहिराई नबुझी मनुष्यलाई कुनै अरुको धर्म अनुसरणमा खुशी मिल्ने भन्ने मिथ्या मात्र हो । 

अर्को जातको कुरा- वेदमा कुनै जात छैन । गीतामा कुनै विभेद छैन । भगवान भोलेनाथ महादेवको त जात धर्म, गोत्र, वर्ण केहि पनि छैन । बिचमा समाज बन्ने क्रममा सृजित हुँदै आएका हुन जातभात, वर्ण, छुवाछूत आदि । तर हामीलाई कस्ले दलित जनजाति बनाएर संविधानमा लेख्न लगायो ? भगवान शिवले कि वेदले ?

यदी वेद त्यस्तो निकृस्ट थियो भने आज तिनै गोराहरुले मान्ने थिएनन र काले राई ले वेदमा के छ ? भनेर PhD गरेर लेख्ने थिएनन होला । 

त्यसैले हिजो समाज बन्ने क्रम हाम्रो बसमा थिएन र भोलीपनी हुनेछैन त्यसैले आज सानो सोच राख्न छाडौ ।  र "वसुधैव कुटुम्बकम" को सिद्धान्तलाई बुझेर मानेर अघि बढौ यसैमा मानव जातीको कल्याण छ । किनकी पुनः लेख्छु "धर्म कलह होइन, जीवन जिउने कला हो ।"

अन्तमा, आजको मितिमा यो लेखीरहदा एउटा कुरा अवश्य लेख्न मन लागेको छ- "आज विश्वमा (अफ्रिका, नेपाल, भारत लगायत देशमा) क्रीस्चियन धर्ममा परिवर्तन हुनेहरु मुख्यतः गरिब, अशिक्षित, आदिवासी, जनजाति, सोझासाझा मानिस आदिको संख्या बढी छ भने जर्मन, रसियन, क्यानाडियन, बेलायती आदि जस्ता मुलुकका मानिस एवं खोज अनुसन्धानमा लागेकाहरु वैदिक धर्म प्रति आकर्षित छन । भारतमा भएको Homa Culture बारे International Conference मा जर्मन वैज्ञानिक Dr. Ulric Berg ले एउटा practical Demo गरेर मन्त्र पढेर होम गर्ने विधि सिकाएका थिए सन २०१६/१७ तिर जसमा म स्वयं पनि सामिल थिए ।"

-(2023 July 25/ २०८०-०४-०९) 7AM

(यो सङग्रह गर्ने क्रममा कही कतै भूल एवम गलती हुन गएमा माफी चाहन्छु ।)

धन्यवाद !

विवेक 

हाल मोरङ, विराटनगर 


Saturday, 20 June 2020

भारत-नेपाल शान्ती तथा मैत्री सन्धि (India-Nepal Treaty of Peace & Friendship) ENGLISH & NEPALI

भारत : नेपाल शान्ती तथा मैत्री सन्धि  (English Version CLICK HERE)
🇳🇵 वि.सं २००७ श्रावन १६   🇮🇳 सन् १९५० जुलाई ३१

१९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धि भारत तथा नेपाल बिच द्विपक्षीय सन्धि हो, यस सन्धि मार्फत दक्षिण एसियाको दुई छिमेकी मूलुक बिच एउटा विशेष सम्बन्ध स्थापित भएको मानिन्छ। यस सन्धि माथि काठमाण्डौंमा वि.सं २००७ श्रावन १६ सोमबार ३१ जुलाई, १९५० मा नेपालका प्रधानमन्त्री मोहन शम्शेर जंग बहादुर राणा तथा नेपालको लागी भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारा हस्ताक्षर गरिएको थियो र यो सन्धि धारा ९ अन्तर्गत त्यति बेला देखिनै लागू भयेको थियो। यो सन्धि अनुसार एक अर्का देशका बासिन्दा एक अर्का देशमा बिना राहदानी तथा भिसा आवत्-जावत् गर्न पाउनेछन् भनेर उल्लेख गरिएको छ ।
 1950 Indo-Nepal Treaty of Peace and Friendship

🇳🇵🇮🇳धारा १ : नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
🇳🇵🇮🇳 धारा २ : कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
🇳🇵🇮🇳 धारा ३ : कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
🇳🇵🇮🇳 धारा ४ : दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।
🇳🇵🇮🇳 धारा ५ : नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
🇳🇵🇮🇳 धारा ६ : भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
🇳🇵🇮🇳 धारा ७ : नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास,सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
🇳🇵🇮🇳 धारा ८ : जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।
🇳🇵🇮🇳 धारा ९ : हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
🇳🇵🇮🇳 धारा १० : यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
FOR ENGLISH VERSION CLICK HERE 
India - Nepal Treaty of Peace & Friendship
Shravan 16, 2007 : July 31, 1950 Kathmandu, Nepal

MORE (from other Sources): 
माथीको धारा ८. अनुसार २०४ वर्ष पुरानो सुगौली सन्धी खारेज भयो  ! १९५० जुलाई ३१ शान्ती तथा मैत्री सन्धी धारा ८ बमोजिम हो । अर्थात २००७ श्रावण १६ गते राष्ट्रिय एतिहासिक दिन हो ! ग्रेटर नेपाल ६४ वर्ष पहिले पुन: जन्म हो ! सन् १८१५ डिसेम्बर २ अघि पहिला कै विशाल नेपालको पश्चिम सटलज देखि पुर्वमा टिष्टा सम्म सप्रभुता फर्काएको प्रधानमन्त्री मोहन शमशेर र विजय शमशेरले हो । ग्रेटर नेपालको नक्सा जारी गरौं । :- सरदार भीमबहादुर पाँडे,२०७१, श्रावण १६
°°°°°°°°°°°°°°°°°°°°°
नेपाल सरकारले ग्रेटर नेपाल दाबी गर्न प्रमाण कहाँ छ भन्दा खेरी नेपाल- भारत शान्ती तथा मैत्री सन्धी धारा ८ मात्रै छ । ग्रेटर नेपाल जिवित भएको दिन १९५० जुलाई ३१ हो ।
सत्यमेव जयते, १८१६ सुगौली सन्धी नै खारेज भयो ।
भाइ फुटे गुहार लुटे, ७० वर्ष बिति सक्यो है ! पहिलेका सरकारले गरेन अब गरौ !!
ग्रेटर नेपाल के हो ? ग्रेटर नेपालको संविधान खै ?
सन् १९५० जुलाई ३१ मा नेपाल सरकारबाट प्रधानमन्त्री मोहन शमशेर जबरा र भारत सरकारबाट राजदुत श्री चन्द्रेश्वर प्रसाद नारायण सिंहले गरेको शान्ती तथा मैत्री सन्धी, धारा ८ (1950 Treaty of Peace & Friendship, Article 8) लाई आधार मानेर सन् १८१६ सुगौली सन्धीले गुमेको भुभागलाई १९५० शान्ती तथा मैत्री सन्धीले पुर्वमा टिष्टा र पश्चिममा सटलज सम्म फिर्ता दाबी भै सकेको कुल क्षेत्रफल भुभाग २,०४,९१७ वर्ग किलोमिटर नै Greater Nepal विशाल नेपाल हो ।
नेपाल सरकारले १९५० शान्ती तथा मैत्री सन्धी, धारा ८ लाई हाल साविक आधिकारिक प्रमाण मानेर संसदमा ग्रेटर नेपाल दर्ता गराएर ग्रेटर नेपालकै निशान छाप सहित संविधान संशोधन सर्वसम्मत पारित गर्ने दिन आएको छ !
सयुक्त राष्ट्र संघमा ग्रेटर नेपाल अन्तर्राष्ट्रिय गर्नु पर्दछ ।
• देशको नाम : ग्रेटर नेपाल Greater Nepal
• पुनःस्थापना मिति : १९५० जुलाई, ३१
• राष्ट्रिय झण्डा : 🇳🇵
• पुर्व सिमाना : टिष्टा नदि Tista River
(उपनिवेशहरु : सिक्किम , दार्जिलिङ सहित)
• पश्चिम सिमाना : सटलज नदि Sutlej River
(उपनिवेशहरु : सिम्ला, अल्मोडा सहित)
• उत्तर सिमाना : चीन
• दक्षिण सिमाना : भारत
• कुल क्षेत्रफल : २,०४,९१७ वर्ग किलोमीटर
• सन्धी : भारत - नेपाल शान्ती तथा मैत्री सन्धी
• नेपाल सरकार : प्रधानमन्त्री मोहन शमशेर जबरा
• भारत सरकार : राजदुत श्री चन्द्रेश्वर प्रसाद नारायण सिंह
• Bilateral Document : July 31, 1950
• India-Nepal Treaty of Peace and Friendship
• Ministry of External Affairs, India Government

ग्रेटर नेपाल अन्तर्राष्ट्रियकरण गर्नु परेमा यो लिन्क हेर्नू होला ।
https://legal.un.org/ola/Default.aspx
ग्रेटर नेपाल माग पुरा गर्न सम्मानिय व्यक्तित्वहरु :
1. फणीन्द्र नेपाल (मो. 9851071051) काठमाडौ
2. सरदार भीमबहादुर पाँडे
3. अम्बर गुरुङ
4. राष्ट्रकवि माधव प्रसाद घिमिरे
5. माननिय राजेन्द्र लिङ्देन (मो. 9852671070) झापा-३
6. पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनी
7. माननिय गङ्गा चौधरी (मो. 9851195045) दाङ
8. माननिय रामकुमारी झाक्री (मो. 9851008064)
9. सिमाविद बुद्दी नारायण श्रेष्ठ
10. इतिहासविद संस्कृतिविद डा. रमेश ढुङेल
11. प्रोफेसर डा. दिल बहादुर क्षेत्री
11. माननिय रेनुका गुरुङ (मो. 9851186862) काठमाडौ
12. कूटनीतिज्ञ एवम् इतिहासकार भिम बहादुर पाण्डे
13. अमित ढकाल
14. सिपी गजुरेल
यसरी नै नीति निर्माण प्रतिष्ठानमा सहयोग गर्न हुन रास्ट्रवादी अभियन्ताहरु, नेपाली सेना, इतिहासविद, भुगोलविद, संस्कृतिविद, राजदूतहरु, पत्रकार वर्ग एवम माननिय सांसदहरुको पनि अतुलनीय योगदान आवश्यक पर्दछ ।

°°°°°°°°°°°°°°°°°°°°°
नेपालीले जान्नै पर्छ समय निकालेर पढ्नु एकपटक !
सन् १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिबारे हामीले बुझ्नैपर्ने केहि तथ्यहरु - अमित ढकाल
सन् १९५० को सन्धिले सुनिश्चित गरेको नेपालको आर्थिक सम्भावनालाई दाउमा राखेर नयाँ सन्धिको पहल किन गर्ने ?
ग्रेटर नेपालको पहल किन नगर्ने ?
https://www.corporatenepal.com/2020/05/181768/
°°°°°°°°°°°°°°°°°°°°°°

Sunday, 7 June 2020

विन्स्टन चर्चिलका १६ स्मरणीय भनाइहरू- Winston Churchill

Winston Churchill Quotes


१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।

२. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

सरकारद्वारा कोरोना महामारीका वेला बालबालिकाहरुका लागी उपयोगी सिकाई सामग्री


उपयोगी सिकाई सामग्री उपलब्ध हुने वेब ठेगाना सम्बन्धी सूचना ।

COVID-19 बाट उत्पन्त्न विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्त्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्त्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र Education Cluster द्वारा वालवालिकाको निमित्त उपयोगि ठानी सिफारिस गरिएका सामग्रीहरु देहाय अनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइन्त्छ । उक्त सामग्रीहरुको समुचित उपयोग गरी अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाईलाई सहजीकरण गर्ने

कस्ता हुन्छन् विषालु च्याउ ? विषालु च्याउबाट बच्ने उत्तम उपायहरू यस्ता छन जान्रुहाेस ।


च्याउ एक प्रकारकाे तरकारी हाे । याे फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।याे एक सुक्ष्म जीवाणुले बनेकाे हुन्छ । याे माटाेमा उम्रने धागाे जस्ताे ढुसी हाे। यसलाइ अँग्रेजीमा फङ्गस भनिन्छ। च्याउजातिका बिरुवाहरु फन्जाई वर्गमा पर्दछ्न। यसकाे धागाे जस्ताे आकारकाे अवस्थालाइ माइसेलिएम भनिन्छ । यही धागाे जस्ताे ढुसीबाट च्याउ आकारकाे ठुलाे फ्रुटिङ बडी निस्कन्छ । यिनिहरु कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न ।
वैज्ञानिक वर्गीकरण
जगत:  ढुसी
भाग:   बासिडियोमाइकोटा
वर्ग: एगरिकोमाइसेटस
गण: अगरिकालेस


विशेषता
च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।
च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक

कृषिको समाजवादी रुपान्तरण : एक समीक्षा

‘कृषिको समाजवादी रुपान्तरण’ नामक पुस्तक केही समय अगाडि सार्वजनिक भएको छ । नेपालको संविधानले नै अबको हाम्रो यात्रा समाजवादको आधार निर्माण गर्नेतर्फ दिशानिर्देश गरेको तथा संविधान अनुरुप खाद्य अधिकार र खाद्य सम्प्रभुताको कानुन लागु गर्नुपर्ने, वास्तविक भूमिसुधार गुर्नपर्ने तथा किसान अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा कृषि विकासका नीति र कार्यक्रम संविधान विपरीत हुन सक्दैनन् । त्यसैले साना किसानमैत्री पर्यावरणीय कृषि, खाद्यसम्प्रभुता प्राप्ति र किसानको समृद्धि भन्ने नारालाई आत्मसात गर्दै कृषि विकासको समाजवादी रुपान्तरणमा सहयोग पुराउने अभिप्रायका साथ युवा किसान नेता प्रमेश पोखरेलको यो पुस्तक बजारमा आएको देखिन्छ ।

नेपाल मात्र नभई धेरै देशमा अहिले कृषि क्षेत्र र साना किसानले विभिन्न चुनौतीको सामना गर्दैछन् । यसको प्रमुख कारण पुँजीवादी व्यवस्था र यसको मुनाफामुखी चरित्र नै हो । बहुराष्ट्रिय निगम, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय वित्तीय संस्था लगायतका पुँजीवादका विविध प्रभावका कारण कृषि क्षेत्र तहसनहस बन्दैछ । स्रोत र साधनको अतिक्रमण, निजीकरण र विनास, किसानको विस्थापन तथा कृषिमा रसायन र विषादीको प्रकोप केही उदाहरण हुन् । नेपालमा पनि यसको छरपष्ट प्रभाव देखिइरहेको छ । साना किसानको बाहुल्यता भएको नेपालमा साना किसानमैत्री पर्यावरणीय कृषि तथा खाद्य सम्प्रभुताको दिशामा अघि बढ्नुपर्नेमा वुर्जुवा शिक्षा, सांस्कृतिक प्रभुत्ववाद तथा आधुनिकताको प्रभावमा गलत नीति तथा कार्यक्रमबाट प्रभावित हुँदा हामी आज अधोगतितर्फ लागेका छौं । अझ विना कुनै वर्ग विष्लेषण तथा परिस्थितिको बुझाइ आयातित आधुनिकता, हरित क्रान्ति, औद्योगीकरण र

फिटकीरीका फाइदाहरु

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन। यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ। यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ।

फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ। म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर हामीलाई स्वस्थ बनाउँछ।
 -  मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५-२० मिनेट पश्चात चिसो पानीले धुनुस्। हप्तामा एक पटक यस्तो गर्दा कपाल बाक्लो हुन्छ।
-  दुखेको हात वा खुट्टा दुई चम्मा फिटकिरी घोलेको पानीमा डुबाउनुस् दुखाइ कम हुन्छ।
 - म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्छ। तातो पानीमा एक कप फिटकिरी पाउडर हालेर १०-१५ मिनेट पछि त्यो पानीले नुहाउँनुस्। हप्तामा २-३ पटक यस्तो गर्दा छाला स्वच्छ बन्छ।
-  जाडो महिनामा ओठ लगायतको छाला फुट्ने समस्या अधिकांसले भोग्दै आएको हो। फिटकिरी, अलैचीको दाना एक साथ पिनेर छालामा लगाउँदा फुटेको सन्चो हुन्छ।
 - फिटकिरी पानी हप्तामा तीन पटक पिउँनुस्। शारिरीक अनि मानसिक तनाव कम गर्न यो निकै फलदायी हुन्छ।
- फिटकिरी पानीले नुहाउँदा मुटुलाई पनि राम्रो गर्छ। साथै हृदयघातको सम्भावना समेत कम गर्छ।
 - चिसो मौसममा औला सुन्निने समस्या पनि फिटकिरीले समाधान गर्छ। मनतातो फिटकिरी पानीमा सुन्निएको औला डुबाउँदा राहत मिल्छ।
 - टन्सिनको समस्या छ भने फिटकिरी पानीले गारगर गर्दा छिटो सन्चो हुन्छ।
 - काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले धुनुस् अनि फिटकिरको पाउडर लगाउनुस्। रगत बन्द हुन्छ। साथै बगेको रगत बन्द गर्न चिनी पनि निकै सहज घरेलु उपाय हो।

मैले देखेको दरबार: पूर्व सैन्य सचिव विवेक शाह द्वारा लेखिएको Pdf

पूर्वसैनिक सचिव विवेक शाहद्वारा लेखिएको संस्मरणात्मक संगालो 'मैले देखेको दरबार' अहिले चर्चामा छ । उहाँले लेख्नुभएको मैले देखेको दरवार तलको फोटोमा क्लिक गरी डाउनलोड गरेर पढ्न सक्नुहुन्छ ।

Download PDF Book डाउनलोड

List of application form & formats for Government Officials, Nepal

Saturday, 6 June 2020

Teaching & Learning: Creative Method



दर्शन के हो, दर्शन कहाँबाट जन्मिन्छ ?

१) दर्शनको परिभाषा - दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो, प्रकृति र मानव समाजको भित्री आँखा हो। यही आँखाले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र सोही अनुरुप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ। मार्क्सका शव्दमा हरेक सच्चा दर्शन आफ्नो समयको वौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो।
Philosophy (literally "love of wisdom") is the study of general and fundamental questions about existence, knowledge, values, reason, mind, and language.
२. दर्शनको उत्पत्ति - ग्रीक भाषाको Philos र Sophia (प्रेम र विवेक) बाट अंग्रेजीमा Philosophy हुँदे दर्शन शव्दको उत्पत्ति भएको देखिन्छ।

Tuesday, 12 May 2020

रजस्वला rajaswala

रजस्वला
जब म पिडाले फत्र्याक फत्र्याक हुन्छु
मेरो शरीरमा रगतको कमिले
ढलेकी मलाई उठ्ने हिम्मत आउदैन
आमा दैनिक कामले मलाई
पानी दिने फुर्सदमा कहिले हुनुहुन्न
म त्यही भुइमा मलाई एउटा
कोठामा थुनिएको अपराधी झै
त्यै लडछु, त्यै रुन्छु रगतको भेल मा
रगतात्मय भएर डुब्छु
तर अह
मेरो बा बारबार कोठामा आएर चिहाउछन
देख्छु, अनि केहि नबोली
चुपचाप त्या बाट जान्छन
किनकी यो समाजले ४ दिन आफ्नै मुटुको टुक्रालाइ नछुने नियम बनाइदेको छ
र अनि मेरो दाजु
मेरो पीडा देखेर हरेक बार नरो भन्दै
पल्ला कोठाबाट आवाज निकाल्छ
मेरो भोको पेट भर्न खाजा ल्याएर दिने
हिम्मत उसमा आउदैन किनकी
त्यो समाजले उसलाई मेरो कोठाको ढोका ४ दिन नाग्न प्रतिबन्ध लगाएको छ
धिक्कार छ आफुलाइ एउटा दाजु हु
भनेर
आफ्नो कर्तबय पालन गर्न नसकेकोमा

अनि भाइ
महिनाभरी दिदिले पकाएको खान हुने
अनि यो चार दिन मैले दिदिलाइ पकाएर पकाएर दिन नहुने
भन्दै मैले नदेख्नेगरी तपतप आँसु झार्छ
तर मेरो भोको र प्यासले छट्पटीएको
पेट भर्दिन उसलाई उसलाई
हिम्मत आउदैन
किनकी सङै एउटै ओछ्यान मा सुत्ने दिदिलाइ
यो समाझले छुन समेत प्रतिबन्ध लगाइदिएको छ
महिनावारी नारिको प्रकृतिले बनाएको नियम हो
यसमा चारदिन सबै परिवारबाट
हेला हैन माया र सम्मान पाउनुपर्छ
त्यसैले "
"महिनाभरिमा छोरी देबि हुन भने महिनावारीमा नि छोरी देबि हुन ।।
#जय नारी
जय देश ।।।❤️❤️❤️❤️

निर्मला nirmala



निर्मला
तिम्रा लागि थाकेका शब्द आज फेरि कोर्न मनलाग्यो
निर्मला
तिम्रा लागि न्यायको भिख मागेर थाकेका आटहरुलाइ आज फेरि जुर्मुराउन मनलाग्यो ।
अनि निर्मला
मरेका आसहरुका अलिकति टुसा पलाउछन कहिलेकाही र फेरि सर्लक सुकेर जान्छन
किनकि निर्मला
मेरो देशको कानुनले तिम्रो लागि न्यायको आस सारा नेपालिको पलाको फैलन नपाइ
तेजाब छरिदिएको छ ।
र निर्मला तिम्रो बलात्कार पछि हत्या भयो
अनि हामी नारी
पछाडी एकहुल केटा हिडे भने पनि सुस्त रुपले चलेका पाइला छिटोछिटो सार्न थालेका छौ
त्यो हुल सहि होला तर मनमा चिसो पस्छ र झवाट तिमिलाइ सम्झन थालेका छौ
अनि निर्मला
साराका तिम्रा लागि शब्द , माइतीघर मण्डला थुप्रै ठाउमा "justice for nirmala भनेर बर्सौ जुर्मुराएका आसहरु
निरासामा परिबर्तन हुन थालेका छन
निर्मला किनकि
चुनावमा भोट माग्दा खुट्टा ढोग्ने नेताहरू
सारा तिम्रा लागि बोल्दा मसानघाटमा मरेर लडाएको लास जस्तै लमतन्न भै मस्त
निधाइरहेका छन ।।
माफ गर निर्मला
तिमिलाइ न्याय दिन सकिएन
किनकि
यहाँ पैसामा कानुन किनबेच हुन्छ
तर पनि निर्मला
तिम्रा लागि शब्द कोर्न छोडिन्न
मरिसकेका आसाहरुलाइ बिउताउदै
अदालतको ढोका ढक्ढकाउन पनि छोडिन्न ।।
#justice_for_nirmala ❤️❤️
✍️✍️✍️Suzata Niroula

Sunday, 10 May 2020

सम्बन्धको मैझारो 'Sambanda ko Maijharo'

मङ्सिर महिनामा हसियाले स्वाट स्वाट काटेको धान
जस्तै
आज मलाई तिम्रा शब्दले त्यसरिनै काटेको छ
बर्खामा रोपेको मायाको खेती
एकोहोरो मलजल ले कहिले सप्रेन
म मलजल गरिरहे बारबार गरिरहे
ह्वात्तै आएर तिमिले मेरा मेहनत र भावनाका फुल्नै फैलिनै आटेका बिरुवामा मेटासिट छरेर गयौ
आज प्रश्न दुनियाको ठडिन्छ के चल्दै छ तेरो सम्बन्ध ?
बाली बिग्रेको किसान जस्तो चुपचाप छु म
यादहरुको खडेरी लाग्दा


ती तिता शब्दहरूको
ती आवाज हरुले मनमा

असफल प्रेम 'Unsuccess Love'

पृय तिमि❤️❤️❤️
तिम्रा अनि मेरा हरेक हरेक पाइलामा खाएका कसमहरु
अनि जिन्दगीका मोडमा हरेक स्थितिमा साथ दिने भनेर थामिएका हाम्रा हातहरु❤️
मौन तरिकाले सुस्तरी अरु संगै बादिएका छन अरे

अनि सुनन
मैले बोल्ने हरेक शब्दहरू र मेरा लागि समर्पित भएका ती प्यार भरिएका शब्दहरु आज अरु कसैलाई समर्पित हुन थालेका छन रे । 
असफल प्रेम ❤️

तर पृय तिमी

जन्मदिन 'Birthday'

Happy Birthday my Girl 😍😍
भनेर तिमिले मध्यरातमा आमापछी दोस्रो wish गरेको त्यो दिन मलाई जन्मदिनको ठुलो महत्त्व थियो
अनि ती शब्दमा मात्रै तिमिले
म तिमिलाइ सानू मेरो जिन्दगी उपहार दिन्छु भनेर भनेको दिन
Vanilla Cake With Vanilla Buttercream | Liv for Cake


मलाई उपहारहरुको निकै महत्व थियो
अनि
उमेरलेकत 20 सौ बसन्त नागेको थियो
तिम्रा cake जस्तो मिठो माया पाएर मलाई त्यो cake को महत्त्व थियो

Sunday, 3 May 2020

अभाव Aabhav

अभाव Aabhav
उस्का अभावले आज तिमी छट्पटीयौ
तिम्रा अभावले म हिजो छट्पटीए
उस्का यादमा आज तिमी रोयौ
तिम्रा यादमा हिजो म रोएथे
उ त गैसककेकी छे तिमिलाइ लत्याएर
आज तिमी झिनो आस बोकेर
उ आउने बाटो कुरिरहेछौ
हिजो म तिमि आउने बाटो कुरिरहेकी थिए
तिमिले बिश्वास गर्दागर्दै आज उस्ले
तिम्रो बिश्वासलाई लतारदिदा
तिमि आफ्नो भग्यलाइ दोस दिदै छौ
जस्तै तिमिले हिजो मेरो बिश्वास लतार्दा
मैले दोस दिएकी थिए ।।
प्रेमको यात्रामा
तिमि सङको त्यो मीठो सफर
त्यो प्रेमिल यात्रा कत्ती खेर छुट्यो पत्तै पाइन्न
त्यसतै नि
उ सङ्को यात्रा छुटिएको तिमिले पत्तै पाएनछौ नि
थाहा छ नि मलाई
तिमिलाइ पिडा भएको
तिम्रो मन बर्खाको बाढी जस्तै
उर्लिएको
पिडाले उथलपुथल भएको
आफै प्रती आफैलाइ आत्नगलानी भएको❤️❤️
तिम्रा शब्दहरू म प्रती मौन छन
तिम्रा भावनाहरुले मलाई सधैब पछाडी धकेल्छन
तर सुनन
म तिम्रो नजिक हैन
तिमिलाइ टाढै बाट नियाल्छु
तिम्रो छट्पटी
तिम्रो बैच्नी
कसैको प्रतीक्षा को लामो सुस्केरा
तिम्रो पिडा
तर तिमिलाइ नजिक भएर सोध्न आइपुग्दिन
किनकि मलाई एकदम राम्रो थाहा छ
तिमिले घृणा गर्ने लिस्टको पहिलो list मा
म पर्छु भनेर्❤️❤️❤️❤️❤️

सम्बन्धको धरहरा 'Sambanda ko Dharahara'


स्वार्थको कम्पनले
अनयासै ढलिदिदा
आसा अनि सपनाहरू किचेर ध्वस्त भएछ नि ।।
माया को नाममा उस्ले पैसा र सम्पति माग्न थालेपछि
उसका इच्छा चाहाना पुर्याउन परदेश लागेपछि

फर्किदा उस्को सिउदो अर्कैले रङ्गाएछ नि ।
मिठा मुस्कान सहित सुरु भएका सम्बन्ध हरु
साथ भुल्न यादहरु भुल्न रक्सीको सहारा लिन थालेछन नि ।।
सामाजिक संन्ज्यालले जोडेका आजकलका सम्बन्धहरु
भेटभएका भोलिपल्ट तोडिन थालेछन नि ❤️❤️
धोका त आजकल सारै सस्तो भएछ
कसैलाई घाट अनि कसैलाई भट्टी जाने साधन भएछ नि ।।
खै आजकल माया अनि पिरती त साच्चै
महोदय ❤️❤️
खेलमैदानको खेल अनि रङ्गमन्चको नाटक भएछ नि ।।❤️❤️

मेरो देश नेपाल

 मेरो देश नेपाल ।
त्यो चादी झै सेतो हिमाल
उच्च परेको त्यो पहाड
ठुलो अनि समथल त्यो तराई
अहा मेरो नेपाल ।।
पुर्ब मेची देखि पछ्छिम महाकाली
कहिले घुमेर नअघाइने अहा मेरो देश नेपाल ।
सिताले जन्मलिएकी भृकुटी यहि जन्मेकी
बुद्धले जन्मलिएको अहा मेरो देश नेपाल
संसारमा उच्च परेको सेतो चादिझै टल्किने सगरमाथा
जनकपुर मनकामना पाथिभरा देबिदेवता भरिपूर्ण
अहा मेरो देश नेपाल ।
पाउदिन थिए होला नेपाली हु भनी सान लडाउन
वीर पू्र्खाले लडाइँ गरि बचाएको मेरो देश नेपाल
जाउ जुनै ठाउँमा तर देशको माया अपार छ
बिदेशी सस्कृती भन्दा मलाई मेरो देश प्यारो छ ।।
तेत्तीस कोटि देवताले बास गरेको
कयौं जात धर्म भएको अहा मेरो देश नेपाल ।

प्रेम प्रस्ताव propose


कबिता
प्रेम प्रस्ताव ..
हो म तिमिलाइ बेहद प्यार गर्छु , तर अह प्रेम गर्छु भनेर भन्न सक्दिन
तिमिले परिवर्तन गरेको मन आदि जस्तै फर्किएर आउला भन्ने झिनो आसाको त्यान्द्रो बोकेर हिड्छु तर अह म अझै तिमिलाइ बेहद प्यार गर्छु भनेर भन्न सक्दिन ।।
तिमिलाइ भुल्न सयौं सङ कुरा बात गर्छु तर तिम्रा शब्दमा जस्तो मिठास अरुमा पाउदिन ।।
एउटा सानु कोठामा तिम्रा यादहरु बटुलेर बस्ने गर्छु
अनि तिम्रा ती झ्याप्पै परेका दारी सहित अलिकति फटिएको दात त्यो सुन्दर तस्बिरले मलाई बारबार नियाल्छ ।।
ती अतितले कहिलेकाही मुटु पोलेर आँखा बाट अनयासै बर्सा हुन्छ ।।
हाम्रो पहिलो डेट साथै अन्तिम भेट 
Happy Propose Day 2020: Wishes, Messages, Quotes, Images, Facebook ...
तिमिलाइ त केहि असर पारेन सम्बन्धको बिछोडले
किनकि म तिम्रो चहानामा कहिले परिन ।
तर मलाई
If you Like this Article, Please do share with your Friends too.